हुलाकी न्यूजः कोरोना भाइरसको संक्रमण बढे संगै जनकपुरमा ट्राफिक प्रहरीले मास्क वितरण सुरु गरेको छ । सोमवार जनकपुरको भानुचौकमा ट्राफिक प्रहरीले विना मास्क हिड्ने सर्वसधारणको मोटरसाइकल रोकेर मास्क वितरण गरेको छ ।

साथै, सडकमा विना मास्क हिड्ने पैदल यात्रुलाई समेत सम्झाउदै मास्क वितरण गरेको हो । यस कार्यलाई जनकपुरधामका स्थानीयहरुले समेत प्रशंसा गरेका छन् ।

मास्क नभएका व्यक्तिलाई उपलब्ध गराएको र मास्क राखेर पनि प्रयोग नगर्नेलाई प्रयोग गर्न जनचेतना फैलाउन लागेको ट्राफिकका सई मनोज चौधरीले जानकारी दिनुभयो । उहाँले मास्क प्रयोग नगर्दा कोरोना भाइरस सर्ने जोखिम बढेकाले जनचेतना अभियान चलाएको समेत बताउनु भयो ।

सोमवार गृह मन्त्रालयले प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर मास्क विना हिड्नेलाई समात्न निर्देशन दिएको थियो । सो बमोजिम मास्क प्रयोग नगर्ने कैयौं व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.