हुलाकी न्युजः धनुषामा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उपचारका क्रममा जनकपुर स्थित काव्या हस्पिटलमा शुक्रबार नै मृत्यु भएको थियो । त्यसपछि कोरोना परिक्षण गर्न उनको स्वाब संकलन गरिएको थियो । तर उनको अन्त्येष्टिपछि आइतबार मात्र उनी कोरोना संक्रमणको कारण मृत्यु भएको खुलेको छ ।

आइतबार ती मृतकको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले बताए । ती पुरुषलाई रुघाखोकी, ज्वरो लागेपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्युसंगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.