हुलाकी न्यूजः जनकपुरमा कागजमा बेरेरबीच बाटोमा फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ ।

शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित मेरी स्टोप्स जाने बाटोमा कागजमा पोको पारेर फालिएको अवस्थामा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अवैध सम्बन्धका कारण जन्मिएकोले बच्चालाई कसैले फालेको हुनसक्ने स्थानीयको आशंका छ ।

शिशुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.