हुलाकी न्युजः जनकपुरधाम उपमहानगरपालिकाले सरकारको आदेश विपरीत काम गरिरहेको पाईएकोे छ ।

प्र्रदेश सरकारले कोरोना संक्रमणको समयमा पनि सावधानी अपनाएर बालबालिकाहरुलाई खोप लगाउने कार्य निरन्तर जारी राख्न भन्दा पनि उपमहानगरपालिकाले हाललाई यो सेबा बन्द गरेको छ ।

यसरी, बालबालिकाहरुलाई निरन्तर समयमा खोप दिने कार्य बन्द गर्दा उनीहरुमा विभिन्न रोगहरु लाग्न सक्ने जोखिम बढेको छ । जनकपुरधाम उपमहानगरपालिकाका जनस्वाथ्य अधिकृत विजय साहले कारोना माहामारीको मध्यजर गर्दै माथिबाट नै आएको आदेशअनुसार यो महिनामा खोप दिने कार्य बन्द गरेको बताउनु भयो ।

उहाँले प्रदेश २ मा कुनै ठाउँमा खोप कार्यक्रम नचलेको समेत दाबी गर्नुभयो । एता, प्रदेश नं. २ स्वास्थ्य निर्देशनालयका सह-निर्देशक विजयकुमार झा प्रदेशभित्र शिशुलाई खोप दिने काम बन्द गर्न कुनै आदेश नदिएको स्पष्ट पार्नुभयो । उहाँ खोप दिनमा ढिलाइ भएमा बच्चाको रोग प्रतिरोधात्मक क्षमता कम भई शिशु मृत्यु दर बढ्न सक्ने सम्भावना रहेकाले यसलाई निरन्तरता दिन सबै स्थानीय तहसँग आग्रह गर्नुभएको छ ।

त्यस्तै, शिशु जन्म भएदेखि १५ महिनासम्ममा नियमित रुपमा जम्मा १२ प्रकारका खोप दिनु पर्छ । बीसीजी, हेपाटाइटिस बी, डीपीटी, पोलियो, हिब, दादुरा-रुबेला, जापानीय इन्सेफ्लाइटिस लगायत खोपहरू दिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.