हुलाकी न्युजः जनकपुरधाममा यस साताभित्र नै रेल आउने भएको छ । भारतस्थित कोंकण रेलवे कर्पोरेसनले नेपालको लागी बनाएको रेल यस साता भित्रै जनकपुरधाम आईपुग्ने बताईएको छ ।

अप्पन टेलिभिजन संग भएको कुराकानीमा नेपाल रेल विभागका निर्देशक बलराम मिश्रले ५-५ ओटा डब्बा भएको दुई ओटा रेल यस साता भित्रमा जनकपुरधाम आई पुग्ने बताउनु भएको छ । उहाँले कोरोना महामारीका कारण विगत ६ महिना देखी भारतको हाजिरपुर सोनपुरमा पार्क गरि राखिएको रेल आज भोलीमा नेपालको लागि चल्ने समेत जानकारी दिनुभयो ।

निर्देशक मिश्रले अहले सम्म रेलको कुनै नामाकरण नगरिएको समेत स्पष्ट पार्नुभयो । उहाँले रेल सञ्चालनको लागि चाहिने पूर्वाधार, जनशक्ति लागतयका विभिन्न कुराहरुको समेत व्यवस्थापन गर्न लागी परेको बताउँदै २ महिना सम्मा रेल सञ्चालन गर्ने सक्ने सम्भावना रहेको आश्वासन दिनभयो ।

त्यस्तै, यसभन्दा अधिपनि सन् २०१८ देखी नै रेल नेपालमा आउने विभिन्न प्रकारको सर्वसाधारणमा भ्रम फैलाईएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.