किशोर गुरु, जनकपुरधाम ।
जनकपुरधाममा एउटै मञ्चबाट ३५ जना मेयर सम्मानित भएका छन् ।

पुर्व मेचिदेखि पश्चिम महाकालीसम्मका वैश्य समुदायवाट निर्वाचित ३५ मेयर २५ उपमेयर र २५० जना वडा अध्यक्षहरुलाई एकै मञ्चमा सम्मान गरिएहो हो ।

जनकपुरमा आयोजित एक भब्य समारोहका बिच स्थानीय तहको निर्वाचनमा निर्वाचित करिव तीन सय जना जनप्रतिनिधीहरुलाई अभिनन्दन गरिएको छ ।

पुर्व झापादेखि पश्चिम बर्दियासम्मको वैश्य समुदायको उपस्थितमा भएको सो समारोहका प्रमुख अतिथी समाजसेवी रामचन्द्र साहले संयुतm रुपमा उनीहरुलाई अभिनन्दन गरेका छन् ।

समारोहका बिच विरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, लहान नपाका मेयर मुन्नी साहसहित ३५ स्थानिय तहका प्रमुख थिए ।

साथै समारोहको विशेष आकर्षणका रुपमा मित्रराष्ट्र भारत विहारको राजधानी पटनाकी मेयर सिता साह र मज्जपरपुरका मेयर शुरेस साह पप्पु, मधुवनी विहारका विधान पार्षद सुमन कुमार महासेठ र भारत सरकारवाट उतकृष्ट मुखियाको सम्मान पाएकी सिंहवाहिनी सोनवर्षाकी रितु जयसवालको समेत सहभागिताले समारोह भब्य बनेको थियो ।

भारतका अतिथिहरुलाई आयोजकले जानकी मन्दिर मायाको चिनो स्वरुप प्रदान गरेका थिए । समारोहलाई सम्बोधन गर्दै मेयरद्वय सरावगी र साहले वैश्य समुदाय अव चन्दा दाता मात्र बनेर बस्न नहुने बताउदै राजनितिमा समेत दखल अन्दाजी राख्नु पर्ने बताए ।

समारोहलाई सम्बोधन गर्दै जनकपुरका पुर्व मेयर बजरंग प्रसाद साह, वरिष्ठ पत्रकार राजेश्वर नेपाली, राजपाकी नेतृ सुरिता साह सहितकाले वैश्य समुदायका युवाहरुको तत्परता र सक्रियताले अगामि निर्वाचनहरुमा समेत वैश्य समुदायलाई सफलता प्राप्त हुने बताए ।

वैश्य समुदायमा विभिन्न व्यापार, व्यवसाय र दोकानदारी गर्ने कुल २९ जातहरु आवद्व रहेको छ । यस अघि २२ जातको मात्र साझा ब्यानर रहेको वैश्य समाजमा मारवाडी सहितका ७ जातहरु थपिएका छन् ।

कार्यक्रमको आयोजना नेपाल वैश्य युवा संघले गरेको थियो भने सञ्चालन पुरण साहले गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.