हुलाकी न्यूजः जनकपुरको कममचोकस्थित विनयतारा फाउण्डेशन क्यानसर सेन्टरमा कार्यरत एक कर्मचारीको शंकास्पद मृत्यु भएको छ ।

मिथिला बिहारी नगरपालिका ५ ललिला घर भएका उनको कोरोना संक्रमणबाट मृत्यु हुने आशंका गरिएको छ ।

सोही हस्पिटलमा गार्डको रुपमा ती ४५ वर्षीय पुरुष कार्यरत रहेको बताइएको छ । यद्धपी स्वाब संकलन गरी परिक्षणको तयारी थालिएको र रिपोर्ट आएपछि मात्र केही भन्न सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

‘२र४ दिनदेखि उनलाई ज्वरो आइरहेको थियो । मृत्यु भएपछि स्थायनीहरुले कोरोनाले नै मृत्यु भएको हुनुपर्छ भनेपछि हामी अहिले स्वाब टेस्टको तयारीमा छौँ,’ डिएसपी मकेन्द्र मिश्रले भने ।

प्रहरीका अनुसार उनलाई छोराले सोही अस्पतालमा उपचारकालागि ल्याएका थिए ।

स्थानीयका अनुसार उनी समान्य ज्वरो आएको भन्दै यसअघि स्थानीय औषधीपसलबाट औषधी लिइरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.