जनकचोक स्थित भागिरथ होटलमा १२ वर्षीय अरबिन्द मण्डल रोटि पकाउदै । तस्बीर : हुलाकी

हुलाकी न्युज, धनुषा । जनकपुर, जनकचोक स्थित भागिरथ होटलमा १२ वर्षीय अरबिन्द मण्डल बिहानै सरफाइ गरी रोटि पकाउने तयारी गर्छन । होेटल अगाडि बेञ्च राखेर अरबिन्दको रोटी पकाउने तरिका बाटो हिडने बटुवालाई मन छुन्छ । कलिलो उमेरका बालकको हातमा कलम कापीले लेख्ने बेलामा उनको हातमा रोटी पकाउने समाग्रिले बटुवाको मन अरबिन्द तिर तानिन्छ ।

भागिरथ होटलमा अरविन्द जस्तै ४ जना अन्य बालकहरु होटलको सरसफाइ, खान, नास्त पस्किन, भडा मस्काउन व्यस्त रहन्छ । बिहान होटल खुले देखि राती पसल बन्द नहुन्जेल सम्म अरबिन्द र उनको बाल सहकर्मी थकाइ समेत मार्न पाउदैनन् ।

भागिरत वैष्णव होटलमा काम गर्ने वालकहरुको होटलमा काम गर्नु रहर नभएर बाध्यता हो । गरिब परिवारमा जन्मेका अरबिन्द जस्तै भागिरथ होटल संगै रहेको सिताराम होटलमा समेत कलिला बालकहरु टेबल सरसफाइ, भाडा मस्काउदै र नास्ता पस्कीदै गरेको भेटिन्छ ।

पिडारी चौक स्थित कृष्णा लस्सी पसलका १० वर्षीय महेन्द्र यादवलाई पसलमा आउनेहरु काले भनेर बोलाउदा उ दंग पर्छन । पसलमा पानी बाडने जिम्मेवारी सम्हालेका कालेको कलिलो उमेर काम गर्नु भन्दा पनि खेल्ने र पढने हो । तर पढन र खेल्ने त कहा हो कहा उनले बिहान देखि अबेर राती सम्म होटलमा घोटिएर काम गर्नु परेको छ । होटलमा काम गर्ने बालकहरुको पछिल्ला केहि वर्षको दिन चर्या एक नासको छ ।

जनकचौक स्थित भागिरथ, सिताराम र पिडारीचोकको कृष्णा होटलमा बालकहरु अहोरात्र खटिनु परेको उदाहरण मात्रै हो । जनकपुरको होटल, चियापसल, खाजा पसल, ग्यारेज, पसल, कलकरखाना, निजि घरमा अबैध रुपमा बालकहरुलाई काममा लगाइएको छ ।

गरिब परिवारमा खान लगाउन र बस्ने समस्या भएपछि आमा बुवाले नै यस्ता अवैध तरिकाले आर्थिक लोभका कारण काममा बालकहरुलाई लगाउने गरेको पाइन्छ । खान र बस्न दिएपछि कम पारिश्रमिकमा दिन भरि काम गर्ने भएकाले होटेल सञ्चालकले बालवालिकाहरुलाई होटेलमा काम लगाउने गरेका छन् । रात दिन काम गर्दा पनि बालकहरुले ५ हजार सम्म तलव पाउछन् ।

होटेलमा काम गर्ने बालकहरुका समस्या र परिारको अवस्था कहालि लाग्दो छ ।
जनकपुरको होटेल, कलकरखाना, ग्यारेश, मोटर वर्कशपमा अबैध रुपमा काम गरेको देखिएपनि उद्धार गर्न नसकिएको जनकपुर उप महानगरपालिका समाजिक शाखा प्रमुख गणेश प्रसाद यादवले बताए ।

बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ को बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ को परिच्छेद—५ मा कसैले दफा ३ को उपदफा (१) विपरीत काम गरेमा निजलाई तीन महिनासम्म कैद वा दश हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनेछ व्यवस्था समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.