हुलाकी न्यूजः सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल निलम्बनमा परेका छन् । छोरा सन्तकुमार मण्डल घुस रकमसहित पक्राउ परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुबा छोरामाथि बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मेयर मण्डल सार्वजिनक पद धारन गरेका व्यक्ति भएकाले भ्रष्टाचार मुद्दा दायरसंगै उनी स्वतः निलम्बित भएका छन् ।

गएको असार ३१ गते मेयर मण्डलका छोरा सन्तकुमार सम्पन्न योजनाको भुक्तानीका लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको थियो ।
मेयर मण्डलले नै घसमागेको र छोरालाई लिन पठाएको पुष्टि भएकाले बाउछोरामाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

मेयर मण्डलमाथि बिगो ५ लाख र उनका छोरा सन्तकुमारले ५ लाख लिएको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले उनीमाथि पनि बिगो ५ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी गर्दै अख्तियारले विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.