हुलाकी न्यूज ,कुवैत: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कुवैत शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ।

डिजिटल माध्यमबाट सम्पन्न दोस्रो अधिवेशनबाट अरविन्द साहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। एनआरएमए कुवैत शाखाको वरिष्ठ उपाध्यक्षमा फुलचन मुखिया, उपाध्यक्षमा इन्द्रजीत यादव र श्याम देव यादव, सचिवमा ओम नारायण मण्डल, सह सचिवमा नागेन्द्र महतो कोईरी र कोषाध्यक्षमा राज कुमार मुखिया रहेका छन्।

त्यसैगरी कार्यकारी सदस्यहरुमा रामायण मण्डल, फुलेसर साफी, फेकन यादव, किसुन पण्डित, शुशील मण्डल, सुमिन्द्र साह, कामेश्वर यादव, राजेश गुप्ता, राज कुमार, रामेश्वर साह, दिलीप महतो, राम जतन यादव, शेख अमरुल्लाह, मोमताज मियाँ, राम कुमार पासवान, दिलिप साह, सुरेन्द्र महतो र संजय सोनार रहेका छन्।

यसैगरी, सल्लाहकारहरुमा साजन महतो, महादेव महतो, शिव पुजन यादव, बिपिन यादव, नथुनी खतवे, पप्पु यादव र सिकन्दर यादव रहेका छन्।

यस अधिवेशनलाई सम्बोधन गर्दै एनआरएमए कुवैतका निवर्तमान अध्यक्ष धनबिर ठाकुरले संगठनको महत्व र कार्यक्रमका बारेमा चर्चा गरेका थिए।

यस अवसरमा एनआरएमए कुवैतका प्रमुख संस्थापक तथा जनमत पार्टीका केन्द्रीय सदस्य आशा मेहताले पार्टीको बिस्तार तीव्र गतिमा भई रहेको जानकारी दिनु भयो।

नवगठित कार्यसमितिलाई एनआरएमए अंतर्राष्ट्रिय समितिका अध्यक्ष ई. बसन्त कुशवाहाले शुभकामना दिएका छन्।

ई. कुशवाहाले एनआरएमए विश्वभरी विस्तार भइरहेको र लाखौं मधेशीहरु जोडिएको बताउँदै यसले मधेशको हितमा काम गर्दै सशक्त संस्था बन्ने विश्वास व्यक्त गरे।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम, बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम, प्राकृतिक प्रकोपमा राहत कार्यक्रम, मधेश विकास कार्यक्रम, रंगभेद विरुद्ध अन्तर्राष्ट्रीयकरण, समस्यामा परेकालाई सहयोग गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

हालसालै एनआरएमए कुवैतको सहयोगमा सिरहा भगवानपुर-१ का प्रमोद सदाको उपचार तथा उद्धार गरी नेपाल पठाएको खबरले पुरै मधेशमा चर्चा पाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.