हुलाकी न्यूज, कतार :- कोरोना महामारीका कारण पूरै संसारका गरीब र दैनिक ज्यालामा काम गर्ने कामदारहरु धेरै नै प्रभावित भएका छन्। कतारमा पनि आज़ाद भिसा र स-साना कंपनीमा रहेका कामदारहरुलाई बस्न र खानाको समस्या भएको छ। त्यस्ता कामदारहरुलाई गैर आवासीय मधेसी संघका कार्यकर्ताले राहत स्वरूप खानाको ब्यबस्था गरेका छन्।

त्यस्तै कम्पनी बन्द भएका, कम्पनीले निकालेका कामदारहरुलाई पनि महामारीका समयमा खाना तथा कानूनी सहयोग गरेका छन्। धनुषा सहिद नगरपालिका-४ का सरोज कुमार यादव, कमला नगरपालिका -८ (टेरहा) का नवीन महरा र सप्तरी महादेवाका अर्जुन कुमारले गैर आवासीय मधेसी संघ बाट सहयोग पाएका छन्। कम्पनीले कामबाट निकालेका जोसी कवारीलाई पनि आर्थीक सहयोग प्रदान गरिएको छ।

साथै कतारमा आत्महत्या गरेका सिरहाका मुनेस्वर यादव , कोरोना बाट मृत्यु भएका महोत्तरी एकडाराका इसराफुल राइन र संजय यादव , जितेंद्र कुमार देव लगायत बिभिन्न कारणवस कतारमा मृत्यु भएका १३ जनाको शब पठाउनमा समेत एनआरएमएले सहयोग गरेको छ। यसै गरी समस्या मा परेका, कम्पनी बन्द भएका र बीमारी भएकाहरू लाई अत्यन्त जरुरी घर जानु पर्ने र पर्याप्त फ्लाइट नभएका लाई अन्तमा कैयौं लाई Fly Wings Travels सँग समन्वय गरी एनआरएमए कतारले चार्टर फ्लाइटबाट नेपाल फर्काएका छन्।धनुषा सबैला नगरपालिकाका बिकरु साहको एक्सीडेंट भएको थियो। उसलाई समेत गरी सयौं समस्यामा परेका मधेशीहरुलाई कानूनी सहयोग प्रदान गरिएको छ।

कतारमा मृत्युदण्ड पाएका अनिल चौधरीका परिवारलाई आर्थिक तथा कानूनी सहयोग उपलब्ध गराईएको छ। किड्नी बिग्रेका ईमरादुल सेक अहिले उपचारका लागि अस्पताल भर्ना भएका छन। उसलाई पनि संगठनले सहयोग गर्दै आएको छ। कतारको हरेक एरियामा रहेका एरिया कमिटीका कार्यकर्ताहरूको विशेष सहयोगमा कतार भरी पीड़ितलाई भेटि आर्थीक तथा क़ानूनी सहयोग गर्दै आइरहेका छन्। विभिन्न कारणवस आर्थिक समस्यामा परेका लगभग २५० जना भन्दा बढ़ी मधेसी कामदारलाई आर्थिक सहयोग गरेको गैर आवासीय मधेसी संघ कतारका अध्यक्ष ई. शम्भूनाथ साहले जानकारी दिएका छन्। साथै यस कार्यमा सहयोग गर्ने एनआरएमए कतारका सबै कार्यकर्तालाई धन्यबाद दिएका छन्।

बिदेशी भूमिमा पनि गैर आवासीय मधेशी संघ एउटा सशक्त, संगठित र प्रभावकारी संगठनको रूपमा देखिएको छ। संगठनले आगामी दिनहरुमा मधेशमा आमूल सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका साथ अगाड़ी बढ़दै गरेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.