हुलाकी न्युजः विराटनगरमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएका ३० वर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।

विराटनगर महानगरपालिका १५ का ३० वर्षीय पुरुषको मृत्युपछि कोराना पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

ज्वरो आएर बिहीबार मध्यान्ह अस्पताल पुगेका उनको दिउँसो ४ बजे मृत्यु भएको थियो । मृत्युपछि पीसीआर गर्दा नतिजा पोजिटिभ आएको मेसु दासले बताए ।

कोशी अस्पतालमा हिजो नै सिरहाका ४० वर्षीय कोरोना संक्रमित युवकको पनि मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.