हुलाकी न्यूज, काठमाडौं :
कोरोना संक्रमितहरुले पनि सुरक्षित तबरले लोकसेवाको परीक्षा दिन पाउने भएका छन्।

कोरोना संक्रमितहरुलाई पनि परीक्षामा सहभागी गराउनु पर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटको सुनवाई गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको अधिवक्ता शैलेन्द्र अम्बेडकरले हुलाकी न्यूजलाई जानकारी दिएका छन्।

सर्वोच्चमा रिटकर्ता अम्बेडकरका अनुसार सर्वोच्चले अन्तरिम आदेश गरेपछि कोरोना संक्रमितहरु पनि परीक्षा दिने पाउने भएका छन्।

लोकसेवा आयोगमाथि सर्बोच्च अदालतमा “लोकसेवा आयोगले बनाएको संक्रमणको बिशेष अवस्थामा परीक्षा (संचालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ को बुँदा न.८ (१) कार्यन्वयन नगर्न नगराउन र कोरना संक्रिमत परीक्षार्थीलाई परीक्षा केन्द्रको पृथक स्थानमा सुरक्षित तवरले जाँच लिने व्यवस्था गर्न गराउन अन्तरिम आदेश जारी भएको अधिवक्ता अम्बेडकरले जानकारी दिए।

विहीबार सर्बोच्च अदालतका न्यायधिश सपना प्रधान मल्लको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गरेको अधिवक्ता अम्बेडकरले बताए।

‘यो आदेशले अब मापदण्डको बुँदा न. ८ (१) लाई कार्यन्वयन गर्न पाउँदैन र कोरोना संक्रमितहरुलाई जांच दिने व्यवस्था आयोगले गर्नु पर्छ, अर्थात कोरोना संक्रमितहरु पनि जांच दिने पाउने भए’ उनले भने।

बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी, अधिबक्ता पंकज कारण, अधिबक्ता केशरमणि अर्याल, सन्तोष भण्डारी, अधिबक्ता शैलेन्द्र अम्बेडकरले बहस गरेका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.