हुलाकी न्युजः कोरोना भाइरसको संक्रमणबाट सिरहाका थप एक पुरुषको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुषको बिहीबार राति विराटनगरमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको ।

कोशी अस्पतालको आइसोलेसनमा उपचाररत उनको गएराति ८ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए।

उनलाई उपचारका लागि मंगलबार उपचारका लागि विराटनगर ल्याइएको थियो।

मृतक पुरुषमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो। उनको शरीरमा रगतको पनि कमी देखिएको डा. दासले बताए ।

कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरेर परीक्षणका लागि स्वाब संकलन गरिएको भए पनि रिपोर्ट भने बिहीबार साँझ ७ बजेमात्रै आएको थियो।

कोरोना रिपोर्ट पोजिटिभ आएको एक घण्टापछि नै उनको मृत्यु भएको डा. दासले बताए।

अवस्था गम्भीर बन्दै गएपछि ती पुरुषलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन खोजिएको थियो।

तर धरानले संक्रमितले भरिएका कारण बेड खाली नभएको जनाएपछि कोशीमै राखेर उपचारलाई निरन्तरता दिइएको दासको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.