हुलाकी न्यूज,काठमाडौं : काेराेना महामारी नभएको भए अहिले खेलकुदको माहोल निकै उचाईमा हुन्थ्यो। कतार विश्वकप फुटबल छनोट खेलले फुटबलको महौल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुने थियो।

राष्ट्रिय खेलाडीहरु फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीब्र तयारीमा व्यस्त हुन्थे। तर कोरोनाले वर्षभरीको तालिका प्रभावित गराउँदा खेलाडी देखी पदाधिकारीमा नैराश्यता छाएको छ।

तय भएका खेलकुद तालिका पनि प्रभावित भएका छन्। फुटबलको विश्वकप छनोट तालिका अन्तिम समयमा आएर स्थगित हुँदा खेलाडीमा निराशा पन देखिएको छ । सरकारले गर्दै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता पनि अन्योलमा परेको छ। पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बारे कोभिडका कारण अन्योल भएको र बोर्ड वैठक पछि मात्र थाहा हुने राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालले बताए।

यस अघि पूर्वाधारको चुनौतिका बाबजुद पनि प्रतियोगिता सञ्चालन गरी समापन भएका उदाहरण छन्। तर पोखराको आयोजनामा पूर्वाधारको समस्या नहुने पनि कोइरालाले बताए । उनले खेलकुद चलायमान बनाउनका लागि खेलाडी देखी सम्बन्धित संघबाट तत्परता देखाउनु पर्ने र सहयोगका लागि परिषद तयारी रहेको जनाए।

त्यसो त, कोरोना महामारीको बीचमा घरेलु केही चर्चित प्रतियोगिता हुनै पाएनन्। मुखैमा आएको फ्रेन्चाइज क्रिकेट लिए एभेरेष्ट प्रिमियर लिग रोकियो। तालिका रहेको पोखरा प्रिमियर लिग पनि कोरोनाको चपेटामा प-यो। साथै मोफसलमा हुने धेरै गोल्डकप देखी फुटबलका डिभिजन लिगहरुमा कोरोनाको असर देखियो।

छिटफुट बाहेक एकल देखी युगल सम्मका खेलकुद गतिविधि अझै फर्किन सकेका छैनन्। महामारी मापदण्ड अपनाउँदै खेलमा फर्किने वातावरण खेलाडी देखी खेल सम्बध पदाधिकारीले खोजी रहेका छन् । खेलकुदलाई चलायमान बनाउन पहल भइरहेको उपाध्यक्ष कोइरालाले बताए।

तय भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल तालिकामा असर देखिँदा खेलाडीमा अहिले नैराश्यता देखिएको छ । ९ महिना भन्दा लामो समय खेलाडी खेलकुद गतिविधिबाट बाहिर रहँदा यस्तो असर देखिएको हो । खेलकुद जीवन हो भन्दै होमिएका खेलाडीमा नकारात्मक असर देखिन थालेको छ।

सार्वजनिक कार्यक्रममा खेलाडी राष्ट्रका गहना हुन भन्दै अभिव्यत्ति दिने नियामक निकायका पदाधिकारीले अब भने खेलाडीको भविष्यको बारेमा सोच्ने बेला आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.