हुलाकी न्यूज, जनकपुरधाम :
कोरोना भाइरस संक्रमणबाट प्रदेश २ मा सबैभन्दा बढीको मृत्यु भएको छ। तथ्यांक अनुसार बुधबारसम्म मुलुकमा ४ सय ३६ जनाको कोरोनाबाट मृत्यु भएकोमा १ सय २३ जना प्रदेश २ का छन्। यो संख्या कुल मृतकको २८.२१ प्रतिशत रहेको छ।

मुलुकभर संक्रमित भएकाहरूको मृत्युदर जम्मा ०.६४ प्रतिशत रहे पनि प्रदेश २ मा मृत्युदर ०.८४ प्रतिशत देखिएको छ।
तथ्यांकअनुसार मृत्युदर प्रदेश १ मा ०.७५, वाग्मतीमा ०.७६, गण्डकीमा ०.६६, प्रदेश ५ मा ०.६३ तथा कर्णाली र सुदूरपश्चिममा ०.१५ छ ।

प्रदेश २ का अस्पतालहरूमा आईसीयू, भेन्टिलेटरजस्ता आधारभूत स्वास्थ्य सुविधा, जनशक्ति र जनचेतनाको कमी, कुपोषण, अत्यन्त ढिलो गरी उपचारका लागि अस्पताल पुग्नुलगायतका कारणले मृत्युदर बढी देखिएको हो।

प्रदेश २ मा स्वास्थ्य संरचना, स्वास्थ्य सेवाको उपलब्धता अत्यन्त कम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक एवं प्रदेश २ का स्वास्थ्य सल्लाहकार डा. जीडी ठाकुरले बताए। मानव विकास सूचकांकमा पनि प्रदेश २ धेरै तल छ ।

(विभिन्न एजेन्सीबाट भाषा इनपुटको साथ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.