हुलाकी न्यूज, काठमाडौं ;
पार्टी एकीकरण भएको ६ महिना हुँदासमेत जनता समाजवादी पार्टी (सजपा)को समायोजन हुन सकेको छैन। हालसम्म केन्द्रीय सदस्यहरु पनि चयन भएको छैन।

पार्टीको केन्द्रीय सदस्य चयनका लागि तत्कालिन समाजवादी पार्टी र राजपाले आन्तरिक छलफल गरेपनि टुँगोमा पुग्न सकेको छैन।

दुबै पार्टीबाट तोकिए बमोजिमको केन्द्रीय सदस्यहरुको चयनका लागि जसपाले कार्तिक ३ र ४ गते केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाएको छ।

जसपाका अनुसार बैठकमा केन्द्रीय सदस्यको टुँगो, संघीय परिषद्को टुँगो र विधान संशोधनका विषयमा छलफल हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.