हुलाकी न्यूज, चितवन : चितवनका कुखुरामा ‘एच नाइन’ संक्रमण देखिन थालेको छ।
जिल्लाको भरतपुर महानगरपालिका वडा नं-६ स्थित केशरबागमा कुखुरा मर्न थापछि गरिएको परीक्षणको क्रममा ‘एच नाइन’ देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले जानकारी दिएको छ।

केशरबागका खेमराज पाठकले पालेको कुखुरा मर्न थालेपछि सुरुमा परीक्षण बिनै ‘एच नाइन’ भनिएको भएपनि किसानको दबाब पछि गरिएको परीक्षणले ‘एच नाइन’ पुष्टि गरेको थियो। सुरुमा उक्त किसानको खोरबाट लगिएको नमुना भरतपुरमा परिक्षण गर्दा शंकास्पद देखिएपछि काठमाडौं पठाईएको थियो। काठमाडौंमा गरिएको परीक्षणमा भने ‘एच नाइन’ नै देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले जानकारी दिएका हुन।

अहिले सम्म केशरबागका किसान पाठकको ६ हजार भन्दा बढी कुखुरा मरेका छन्। लेयर्स जातका कुखुरा पटकपटक गरी मरेका थिए। पाठकका अनुसार ८ हजार कुखुरा पालिएकोमा ६ हजारभन्दा बढी कुखुरा मरेका हुन् । उनले खोरमा रहेका अन्य कुखुरा पनि मर्ने क्रम जारी रहेको बताए ।

विज्ञ केन्द्रका प्रमुख डा. दयाराम चापागाईको अनुसार अहिले मरेको कुखुरा बर्ड फ्लु नै नभएको तर बर्ड फ्लुको प्रजाति रहेको यो रोगलाई बर्ड फ्लुको एउटा रुप भन्न मिल्छ तर वास्तविक बर्ड फ्लु एच फाइभ हो। कुखुरापालक किसान खेमराज पाठकले भने आफ्नो कुखुरामा बर्ड फ्लु देखिएको दाबी गरेका छन्। उनले भने, ‘जिल्लामा भएको परीक्षणमा बर्ड फ्लु नै देखिएको थियो, तर पुनः परीक्षण भन्दै काठमाडौँ पठाइयो, त्यहाँ बर्ड फ्लु होइन एच नाइन हो भनियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.