हुलाकी न्यूजः कोरोना संक्रमण भएको आशंका मात्रले सर्वसाधारणलाई समाजबाट बहिष्कृत हुनु परेको एक घटना सार्वजनिक भएको छ ।

धनुषामा एक जना कोरोनाको आशंका लागेको विरामीले आफूलाई समाजबाट बहिष्कृत हुनु परेको भन्दै गुनासो गरेका छन् । मिथिला बिहारी नगरपालिकाका एक ४५ वर्षीय पुरुषले आफूलाई कोरोना लागेको आशंकामा समाजबाट बशिष्कृत हुनु परेको जनाएको छ ।

उनलले आफूलाई केही दिन देखि ज्योरो, खासीँ र शासप्रश्वासमा समस्या देखिएपछि अफूले चेकजाचँ गराउने भन्दा पनि समाजका मानिषहरुले अफूलाई नराम्रो ब्यवहार गरेको बताए ।

विरामीमा एक जना कुरुवा साथीले विरामी कारोना संक्रमित भएको आशंका जाहिर गरेपनी सम्बन्धित निकायले रोगको गम्भीरतालाई नबुझिकन विरामीलाई एक ठाउँबाट अर्को ठाउँ घुमाउने काम मात्र गरेको समेत आरोप लागाएको छ ।

उनले दुई दिन देखि विरामीलाई दम फूल्न सुरु हुँदा आफूहरुले एमबुलेन्सलाई सम्पर्क गर्दा पनि विरामीको अबस्था बुझ्दा अस्पताल लैजान नमानेको समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.