हुलाकी न्यूजः लगातरका वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो गइरहेको छ । सोही क्रममा काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा गएराति गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनको मृत्यु भएको पुष्टि गरेका छन् । जल तथा मौसम विज्ञान विभागले मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेको जनाएको छ। बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार अहिले काठमाडौं उपत्यकालगायत देशभर सामान्यदेखि पूणर् बदली रही धेरै स्थानहरुमा वर्षा भइरहेको छ ।

भारी वर्षाको सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.