हुलाकी न्यूज, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाका लागि नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) तथा संघीय समाजवादी फोरम नेपालबीच हुने भनिएको चुनावी तालमेल अन्तिम समयमा विफल भएको छ । राजपा–फोरम र कांग्रेसको तालमेल विफल भएसँगै लोकतान्त्रिक गठबन्धन पनि विभाजन भएको छ ।

लोकतान्त्रिक गठबन्धन मार्फत मधेशवादी दलसँग कांग्रेसले तालमेल गर्न खोजेको थियो । तर मनोनयन दर्ताको अन्तिम दिन तालमेलको प्रयास असफल भएको हो ।

तालमेलका लागि राजपा र कांग्रेस नेताहरुबीच बुधबार भएको अन्तिम छलफलमा धनुषा क्षेत्र नम्बर तीन अथवा सर्लाही क्षेत्र नम्बर चार कांग्रेसले छोड्न नमाने पछि तालमेल हुन सकेन ।

बैठकमा राजपा र कांग्रेसका नेताहरुबीच चर्काचर्कीसमेत भएको थियो ।

बैठक पछि हुलाकी न्यूजसँग कुराकानी गर्दै राजपा नेता महतोले अव कांग्रेससँग तालमेल नहुने बताए । उनले अधिकतम् लचकता अपनाए पनि कांग्रेस सहमतिमा नआएकोले अव तालमेल नहुने बताए ।

तालमेल नभए पछि राजपा नेता महतो र कांग्रेस नेता निधि धनुषा तीनबाट चुनाव लड्ने भएका छन् ।

यता स्रोतका अनुसार राजपाका केही नेताहरुले व्यक्तिगत रुपमा कांग्रेससँग तालमेल गरेका छन् । करिब चरवटा सिटमा राजपाका नेताहरुले कांग्रेससँग तालमेल गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.