हुलाकी न्यूज, दोहा ।
बैदेशिक रोजगारमा कतार गएका सिरहाका जीवछ पासवानको हत्या भएको छ । तीन महिनाअघि कतारको अलमोइज कम्पनीमा गएका पासवानको एक हप्ताअघि आफ्नै कोठामा हत्या भएको हो ।

हत्याको आरोपमा उनीसँगै काम गर्ने धनुषाका रामबली रामलाई प्रहरीले पक्राउ गरेको छ । पासवानलाई कोठामा भात पकाउने क्रममा रामबली रामले छुरा प्रहार गरी हत्या गरेको प्रहरी जनाएको छ ।

३४ वर्षका पासवानका श्रीमती दुई जना छोरा र तीन जना छोरी छन् । परिवारले उहाँको शव नेपाल ल्याइदिन सहयोग गर्न आग्रह गर्दै सिरहामा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा निवदेन दिएका छन् ।

पासवानका परिवारले शव झिकाइदिन माग गर्दै गाउँपालिकामा पनि निवेदन दिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का रिटर्नी स्वयम्सेवक बीरबहादुर यावदलाई उधृत गर्दै उज्यालोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.