हुलाकी न्यूज, जनकपुरधामः
विश्व फर्मास्टिक दिवसको अवसरमा जनकपुरधाममा रैली प्रदर्शन गरिएको छ।

‘जहाँ औषधी त्यहाँ फर्मास्टिक’ भन्ने नाराका साथ जनकपुरधामको रामानन्द चौकबाट रैली सुरु भई जनकचौकमा सम्पन्न भएको हो।

फर्मा प्रोस्पेक्टिभ आफ नेपालद्वारा भएको रैलीमा डाक्टरको स्लिपको आधारमा औषधी मात्रै खरिद गर्न र दर्ता भएको औषधि पसलबाट मात्र औषधि लिन आग्रह गरिएको छ। जथाभावी औषधी प्रयोग नगर्न पनि उनीहरुले आग्रह गरेका छन्।

यसैगरी विश्व फर्मास्ष्टिक दिवसको अवसरमा शुक्रबार साँझ जानकी मन्दिरमा दिपप्रज्वलन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.