हुलाकी न्यूज, दुबई ।
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)को दुबई शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न प्रथम अधिवेशनबाट ई.संजय कुमार कर्णको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

एनआरएमए दुबई शाखाको सहअध्यक्षमा मदन यादव, महासचिवमा विनोद पासवान, कोषाध्यक्षमा सन्त बहादुर साह, उपाध्यक्षमा बबि सिंह यादव, जगनारायण मंडल, भोगेन्द्रराज साह, राकेश जयसवाल रहेका छन् ।

त्यस्तै, सहसचिवमा कलिम राईन, बैद्यनाथ चौधरी, सरोज यादव, सुबोध मंडल र सहकोषाध्यक्षमा अफरोज शेख, रामपुकार राउत, शम्भू महरा, प्रवक्तामा प्रभात राय भट्ट र सहप्रवक्तामा अमित साह रहेका छन् ।

सांस्कृतिक समिति संयोजकमा पप्पू मरिक, सांस्कृतिक समिति सदस्यहरुमा दिपु यादव, ब्रजेश सिंह, मनोज यादव, राजकुमार यादव, संजय कुमार झा, संतोष ठाकुर र प्राबिधिक समिति संयोजकमा अमित कुमार शर्मा, प्राबिधिक समिति सदस्यहरुमा पवन यादव र गणेश साह रहेका छन् ।

त्यसैगरी कार्यकारी सदस्यहरुमा कृष्णा ठाकुर, सचिन पासवान, दिलीप राम, रंजीत चौधरी, अशोक मंडल, शंकर दास, नविन यादव, मुकेश जयसवाल, अनिल चौधरी, सर्वजीत झा, फूलबाबू साह, रामचरण यादव, समसाद हुसैन, तेजनारायण साह, सुरेंद्र यादव, प्रमोद महरा, रोशन साह, जयकिशोर शर्मा, महेश ठाकुर, उदय नारायण मंडल, प्रवीण साह, हरिनारायण पूर्वे, रमण यादव, रामफेर आर्या पासवान, सुनील पूर्वे रहेका छन् ।


त्यस्तै, रामस्वरूप शर्मा,रामजतन ठाकुर, जयमंगल यादव, प्रमोद ठाकुर, उमाशंकर ठाकुर, बिंदेश्वर यादव, मुकेश यादव, अजय राउत, अच्छेलाल ठाकुर, राकेश दास, राजिव कर्ण, दिपु राय, दिनेश कापर, भोगेन्द्र पासवान, दयाशंकर राजभर, संतोष कुमार चौधरी, लक्षमण कुमार दास, राजिव कुमार साह, कृष्ण जयसवाल र रंजित यादव रहेका छन् ।

त्यस्तै सलाहकार मण्डलमा ई.बसंत कुशवाहा, सुधीर सिंह, डा.रविंद्र कुमार यादव, संजय दास, जय शंकर नाइक, राज कुमार साह, देवानंद मंडल, संजय ज्यामिरे र मुकेश झा रहेका छन् ।
एनआरएमए युएईका निवर्तमान अध्यक्ष डा.रबिन्द्र कुमार यादवले नयाँ कार्यसमितिको घोषणा गरी संगठनको उद्देश्य र महत्व सम्बधमा चर्चा गरेका थिए । संगठनले भविष्यमा अझ सशक्त ढङ्गले मधेश र मधेशीको हितमा प्रभावकारी कार्य गर्न सकोस भनी शुभकामना दिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएमए अंतर्राष्ट्रिय समिति अध्यक्ष ई.बसन्त कुशवाहाले नवगठित कार्यसमितिलाई शपथ दिलाई शुभकामना दिएका थिए ।

यसै क्रममा संगठन विस्तारका सम्बन्धमा हुलाकी न्यूजसँग बिशेष कुराकानी गर्दै एनआरएमएका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बशन्त कुशवाहाले विश्वभरीका मधेशीहरुलाई जोड्ने अभियान अन्तर्गत युएईमा पनि एनआरएमए गठन भएर विस्तार भएको बताए । उनले युएईमा रहेका सम्पूर्ण मधेशीहरुलाई एनआरएमएमा सहभागी हुन समेत आग्रह गरे ।

कुशवाहाले एनआरएमए विश्वभरी विस्तार भइरहेको र हजारौं मधेशीहरु जोडिएको बताउँदै यसले मधेशको हितमा काम गर्दै सशक्त संस्था बन्ने विश्वास व्यक्त गरे ।

हालसम्म एनआरएमए ३६ वटा देशमा सक्रिय रहेको छ । गैर नाफामुलक संस्था एनआरएमएले मधेशको पहिचान तथा विकासका लागि काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.