हुलाकी न्यूज : गैर आवासीय मधेशी संघ (NRMA) क़तारका अध्यक्ष शम्भु नाथ साह र टीमका साथीहरूको सहयोगमा क़तारमा समस्यामा रहेका मधेशी साथीहरुको सहयोग र उद्धारका लागी पहल गरि राखेका छन्। यसै क्रममा वहाँहरु नेपाली राजदूताबास लगायत अन्य स्थानीय सरकारी तथा गैर-सरकारी निकाय संग निरन्तर फ़ॉलो अप गरी राखेका छन्।

 

क़तारमा रहेका लाखौ मधेशीहरुको सहयोगका लागी NRMA ले कोरोना वॉरीअर उप-समिति मार्फ़त जन-जागरण अभियान संचालन गरेका छन्।

कोरोना महामारीका कारण रोज़गार गुमाएका र समस्यामा परेका मधेशी साथीहरुलाई खाने, बस्ने ब्यवस्था गर्नुका साथै उद्धार गरी नेपाल पठाउने काममा समेत NRMA ले सहयोग गर्दै आएको छ।

यसै क्रममा शहिदनगर नगरपालिकाका सरोज यादव (धनुषा) र कमला नगरपालिकाका नबिन महरा (धनुषा) का बारेमा सामाजिक संजाल मार्फ़त NRMA लाई जानकारी प्राप्त भयों। उनीहरु कम्पनी बन्द भएका कारण ५ महीनादेखी बिचल्लीमा परेका थिए। उनी दुबै जनालाई खाने र बस्ने समस्या समेत भयों। कुनै ठाऊबाट सहयोग प्राप्त भएन्।

NRMA लाई सूचना प्राप्त भए पछि टीमका साथीहरु तुरन्त वहाँहरुलाई भेटी खान र बस्न ब्यवस्था मिलाए। निरन्तरको फ़ॉलो अप पछि वहाँहरुको नेपाल जाने फ़्लाइट टिकट भयों। र आज नेपाल सकुशल फ़िर्ता भई सक्नु भएको छ।

यसै गरी गैर आवासीय मधेशी संघ (NRMA) ले बिश्वको सबै देशहरुमा मधेशीहरुलाई सहयोग गर्दै आई रहेको छ। “परदेश में मधेशीयों का साथी” का नारासाथ संचालित यो संगठन विश्वको ४४ भन्दा बढ़ी देशमा कार्यरत छन्।

साथमा भिडियो रिपोर्ट :

 

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.