हुलाकी न्युजः जनकपुरधाम उधोग वाणिज्य संघले बजार सञ्चालन सम्बन्धी माग राख्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

आईतवार संघले जनकपुरधाममा विभिन्न व्यवस्था मिलाई बजार सञ्चालन गर्नु पर्ने माग राख्दै प्रदेश नं. २ सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

पाचँ महिनाको बन्दा बन्दीको कारण देशको अर्थीक स्थीति कमजोर र व्यापारीहरुलाई जिविका चलाउन समस्या भएको भन्दै उनीहरुले ६ बुन्दे माग राख्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कायालय, धनुषालाई ज्ञापन पत्र बुझाएको हो ।

जनकपुरधाम उधोग वाणिज्य संघका अध्यक्ष ललित कुमार साहले अहिले माहामारीको समयमा सबै थोक बन्द गर्नु समस्याको सामाधान नरहेको बताउनु भयो । उहाँले मध्यम बर्गका व्यापरीको व्यवसाय अहिले ठप्प हरेको कारणले गर्दा उनीहरुलाई दैनिक गुजारा चलाउनमा समेत समस्या भएको बताउनुभयो ।

त्यस्तै, संघले जारी गरेको प्रेस विज्ञप्तीको पहलो बुदाँमा सम्पूणर् पसल र व्यवासयलाई स्वास्थ्य सुरक्षा अपनाई विहान १० बजे देखि ४ बजे सम्म खोल्ने व्यवस्था गर्नु पर्ने उल्लेख गरेको छ ।

यसैगरी, औषधी, डेरी, कृषि, बिउ, विजन, भेटनरी, खाद्यन्न, बैंक तथा बृतिय संस्थाहरु नियमित रुपमा संचालन गर्नुपर्ने, हरियो तरकारी तथा फलफुल टोल टोलमा घुमाएर विहान ५ देखि १० बजे सम्म र साझमा ५ बजे पछि मात्र बेच्न पाउने व्यवस्था गर्नुपर्ने, शनिवार अति आवश्यक बाहेक सम्पूणर् सवारी सधन लायत सम्पूणर् कुराहरु पूणर् रुपमा बन्द गर्नुपर्ने, कोरोना जाचँको लागि २ ओटा पिसिआर मेसिन थप्नु पर्ने र निजि क्षेत्रमा संचालित स्वास्थ्य संस्था सहित भेन्टीलेटर र अक्सिजन सुविधा भाडामा लिई कोभिड अस्पताल तुरुन्त संचालन गर्नुपर्ने लगायतका मागहरु गरेका छन् ।

एता, प्रदेश २ सरकार र जिल्ला प्रशासन कार्यालयले माग प्रति विचार गर्ने जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.