हुलाकी न्यूज,काठमाडौं : नेपाल-भारत दोस्र फ्रेन्चाइज सम्मेलन अनलाइनमार्फत असोज ३० गतेदेखि हुने भएको छ । नेपाली र भारतीय ब्राण्ड तथा आगन्तुकहरुलाई एउटै मञ्चमा उपस्थित गराएर दुई देशबीच लगानी, प्रविधि एवं व्यवसायिक मोडलहरु आकर्षित गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो।

कोरोना भाइरसको माहामारीका कारण अनलाइनबाट हुन लागेको नेपाल भारत फ्रेन्चाइज सम्मेलन, अवार्ड एण्ड समिट तीन दिनसम्म चल्ने छ। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रेन्चाइजको साझेदारीमा काठमाडौंस्थित भारतीय राजदूतावासले सम्मेलनको आयोजना गरेको हो।

दुवै देशका प्रसिद्ध ब्राण्ड र अवलोकनकर्ताहरुलाई सम्मेलनमा एकै ठाउँमा ल्याएर सयभन्दा बढी ब्राण्डहरुले आफ्ना अवसर, उत्पादन एवं आइडियाहरु प्रदर्शनी गर्नेछन् ।

सम्मेलनको मूख्य फाइदा भने सहभागिहरुलाई समेत हुनेछ । सहभागीहरुले यहाँबाट महत्वपूणर् अवसरहरु खोज्न पाउँनेछन् ।

दुई हजारभन्दा बढी लगानीकर्ताहरुले फ्रेन्चाइज, डिलरशीप तथा अनुमतिपत्र लगायतमा व्यवसायिक अवसरहरु पाउन सक्नेछन् ।

पहिलो सम्मेलन निकै सफल भएपछि अनलाइनबाटै भएपनि दोस्रो सम्मेलनको आयोजना गरिएको हो ।

गत वर्षको सम्मेलनमा नेपालका १० र भारतका ५० गरि ६० ब्राण्डको सहभागिता रहेको थियो । जसमार्फत दुई हजारभन्दा बढी लगानीकर्ताहरुले व्यवसायिक अवसर विस्तार गर्ने एवं लगानीको अवसर पाएका थिए।

हाल नेपालमा थुप्रै भारतीय ब्राण्डहरुले बजार लिइसकेका छन्। त्यस्तै नेपालकै पनि धेरै ब्राण्डहरुलाई बजारमा स्थापित भइसकेका छन् ।
यी ब्राण्डहरुलाई थप अवसर प्रदान गर्नका लागि लगानीकर्ता र ब्राण्ड दुवैलाई फाइदा हुने किसिमले सम्मेलनको आयोजना गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.