हुलाकी न्यूज,काठमाडौं । सर्वोच्च अदालतमा पछिल्ला दुई सातामा निर्वाचन मिति सार्नेदेखि छपाई भइसकेका मतपत्र बदर गर्ने माग सहित दर्ता भएका मुद्दामा सुनुवाई भइरहेको हो । राजपाका नेता सर्वेन्द्रनाथ शुक्ला, सुनिलकुमार पटेल र भरतकुमार मैनालीको एक एक थान र सीताराम अग्रवालका दुई थान रिट सुनुवाइ हुने भएको हो ।

प्रतिनिधिसभा र प्रदेशससभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गर्नुपर्ने, क्लस्टर छुट्याएर निर्वाचन गर्नुपर्ने माग गर्दै हालसम्म सात वटा रिट परेको अदालतका प्रवक्ता नारायाण पन्थीले जानकारी दिनुभयो ।
त्यस्तै, पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता केपी शर्मा ओलीविरुद्ध समेत अदालतको मानहानी गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको थियो । यस मानहानी मुद्दाको सुनवाई समेत मंगलवार हुने बताइएको छ । साथै निर्वाचनमा खटिने कर्मचारीलाई समेत समानुपातिकतर्फ मतदान गर्ने अधिकार दिन माग गर्दै महान्यायाधिवक्ताको कार्यालयका नायव सुब्बा भरतकुमार मैनालीले रिट दर्ता गराएका छन् । व्यक्तिलाई मतदान गर्न नपाए पनि पार्टीले दिने मत आयोगले खोस्न नपाउने जिकिर उनीहरुको निवेदनमा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.