हुलाकी न्यूज ,सिरहा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सिरहाका विभिन्न स्थानमा अतिक्रमणमा परेको सामुदायिक वनको जग्गा फिर्ता गराइने बताएको छ ।

सिरहाको गोलबजार नगरपालिकास्थित चोहर्वामा आज आयोजित विभिन्न निकायका प्रमुखसँगको छलफलमा मुख्यमन्त्री राउतले विभिन्न बहानामा अतिक्रमण गरिएको सामुदायिक वनको जग्गा प्रदेश सरकारले फिर्ता गराउने बताउनुभयो ।

राज्यको सम्पत्ति कसैले अतिक्रमण गर्न नपाउने र प्रदेश सरकारले गर्न पनि नदिने उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले विगतमा विभिन्न जालझेल गरी अतिक्रमण गरिएको जग्गा तत्काल अतिक्रमणमुक्त गराइने बताउनुभयो । अतिक्रमित जग्गा अविलम्ब फिर्ता गराउन निर्देशन दिनुहुँदै उहाँले आवश्यक पर्ने हरेक निर्णय गर्न प्रदेश सरकार तयार रहेको जनाउनुभयो ।

जग्गा फिर्ता मात्र नभई विगतमा जालझेल गरेकामाथि कारवाहीको प्रक्रिया थाल्नसमेत उहाँले निर्देशन दिनुभयो । छलफलमा प्रमुख जिल्ला अधिकारी, वन अधिकृत, मालपोतका प्रमुख, सुरक्षा प्रमुखलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.