जनकपुरकी किशोरीहरूले ६८ देशका प्रतिनिधि अगाडि झिझिया नृत्य गरेपछि…



हुलाकी न्यूज, काठमाडौँ :
कार्तिक सात गते काठमाडौँको दरबार मार्गमा रहेको होटेल अन्नपूर्णमा ‘टीच फोर अल ग्लोबल कन्फरेन्स’ हुँदै थियो। ६८ वटा देशका करिब चार सयभन्दा बढी प्रतिनिधिहरू सहभागी थिए।

उक्त कार्यक्रममा जनकपुरधाम नजिकैको गाउँ मिथिलेश्वर मौवाहीकी ५ जना किशोरीहरू पनि सहभागी थिए। मधेशी पहिरनमा।

दशदेखि १५ वर्ष उमेर समूहकी ती किशोरीहरूले प्रस्तुत गरेको नृत्य देखेपछि कार्यक्रममा सहभागीहरू अचम्भित भएका थिए।

श्री माध्यमिक विद्यालय मिथिलेश्वर मौवाहीकी ती पाँच जना किशोरीहरूले मधेशको लोक संस्कृतिको झिझिया नृत्य प्रस्तुत गरेकी थिइन्। उनीहरूको नृत्यलाई कार्यक्रममा सहभागीहरूले निकै प्रशंसा गरेका थिए।

उनीहरूको संयोजन गरिरहेकी थिइन् अमिता शर्मा। केही वर्षदेखि टीच फोर नेपालको फेलाेसिपमा मिथिलेश्वर मौवाही विद्यालयमा पढाई रहेकी विराटनगरकी शर्माको कार्यलाई पनि सबैले प्रशंसा गरे।

ग्रामीण किशोरीहरू पनि निकै क्षमतावान भए पनि प्रदर्शनको अवसर पाउन नसकेको शर्माले बताएकी थिइन्। मधेशको कला–संस्कृतिको विकास र विस्तार पनि आवश्यक रहेको बताउँदै शर्माले झिझियाको पौराणिता बारे पनि सहभागीहरूलाई जानकारी गराएकी थिइन्।

झिझिया नृत्य रागिनी कुमारी ठाकुर, गितान्जली कुमारी पण्डित, चन्द्रिका कुमारी राउत, ज्योति पण्डित र पुजा कुमारी पण्डितले प्रस्तुत गरेकी थिइन्।कार्यक्रमको आयोजना टीच फोर नेपालले गरेको थियो।

भिडियो

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.