जनकपुरधाम, ८ कार्तिक ।
जनकपुरमा पहिलो पटक आज साँझ घराना संगीत महोत्सव भईरहेको छ ।
नेपालमा बिगत ३ बर्ष देखी पूर्वीय सास्त्रीय संगीत र सदभाव प्रवर्धनको लागी जनकपुरमा पहिलो पटक घराना संगीत महोत्सव आज भईरहेको छ । संगीत र सांस्कृतीक सद्भाव जनकपुरको बिगत देखीको परिचय र पहिचान भएको हुनाले पहिले देखीकै संस्कार कायम राख्न कार्यक्रमको आयोजना गरिएको जनाईएको छ ।
यस किसिमको अन्तराष्ट्रिय स्तरको कार्यक्रम नेपालमा तेस्रो पटक र जनकपुरमा पहिलो पटक हुन गईरहेको छ । यस कार्यक्रमले सकारात्मक सन्देश जाने र शहरको साँगीतिक शाख जोगाउन थप मदत पुग्ने विश्वास रहेको जनाईको छ ।
यस संगीत महोत्सवमा राष्ट्रिय देखि अन्तराष्ट्रिय स्तरसम्म कलाकारहरु सहभागि भई आफ्नो कला प्रर्दशन गर्नेछ । आज साँझ जानकी मन्दिर परिसरमा ६ बजेदेखि ८ बजे सम्म हुने महोत्सवमा ४० जना कलाकारहरु सहभागि हनेछ ।

कार्यक्रममा स्थानिय मिथिला नाट्य कला परिषद, नेपालकै चर्चित ब्याण्ड ‘कुटुम्ब’ र अमेरिकी अन्तराष्ट्रिय सांगीतिक समुह ‘घराना’ का कलाकारहरुले कला प्रर्दशन गर्नेछन् । यी तिनवटै समुहले २ घन्टा सम्म साँकृतिको तिनवटै विद्या नाट्य, गायन र वाद्य वादन गर्नेछ ।
मुलुकमा लोक गितको लोप भईरहेको अवस्थामा यस्ता कार्यक्रमहरुको आयोजनामा जोड लगाईएको कार्यक्रमका सहयोगी फ्याक्ट संस्थाका संस्थापक मनिष झाले बताए ।
कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.