हुलाकी न्यूज, काठमाडौं : डा.सीके राउत नेतृत्वको जनमत पार्टीले ३ सय ४१ सदस्यीय सांस्कृतिक जनमत संघको तदर्थ समिति गठन गरेको छ।

पार्टीका संस्थापक केन्द्रीय सदस्य ई.दीपक साहका अनुसार सांस्कृतिक क्षेत्रमा सक्रिय विभिन्न जिल्लाका व्यक्तिहरुलाई समेटेर तदर्थ समिति गठन गरिएको हो।

उनका अनुसार मधेशका हरेक समुदायको संस्कककति जगेर्ना गर्न भिडियो कन्फरेन्स मार्फत् असार १७ गते समिति गठन गरिएको हो।

राम बाबु प्रसाद पटेल (राईटर आर के राउत) लाई संयोजक र टेक बहादुर राजबंशीलाई संचार प्रमुखको जिम्मावारी दिइएको छ।

प्रदेश र जिल्ला समितिहरू बन्दै जाने उनले जनाए। तदर्थ समितिले आवश्यक उप–समितिहरू बनाई ६ महिना भित्र संघको विधान तथा घोषणा–पत्र समेत तयार गर्ने जिम्मेवारी दिइएको छ।

समाजको सांस्कृतिक तथा सम्यक परिवर्तनमा आफ्नो अहम् भूमिका निर्वाह गर्न अभिभारा दिइएको साहले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.