हुलाकी राजमार्गमा मानव साङ्लो, मधेशी मोर्चा र संघीय मोर्चाबीच छलफल

हुलाकी न्यूज, काठमाडौं ९ आश्विन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय लोकतान्त्रिक मोर्चाले आश्विन १४ गते हुलाकी राजमार्गमा मानव साङ्लो बनाउने भएको छ ।

१४ गते विहीबार दिउँसो एक बजे राजमार्गमा एकआपसमा हात जोडेर उभिने कार्यक्रम रहेको छ ।

सदभावना पार्टीका महासचिव मनिष सुमनले दिएको जानकारी अनुसार आश्विन ६ गते नै मधेशी मोर्चाले निर्णय गरिसकेको छ ।

शनिबार मधेशी मोर्चा र लोकतान्त्रिक मोर्चाका सदस्यहरुबीच भएको छलफलबाट संयुक्तरुपमा गर्ने छलफल भएको सुमनले बताए ।

हुलाकी न्यूजलाई महासचिव सुमनले दिएको जानकारी अनुसार दुबै मोर्चाबीच कार्यगत एकताका लागि सैद्धान्तिक सहमति भएको बताए ।

सुमनले दुबै मोर्चाको सैद्धान्तिक कुराहरु मिलेकोले कार्यगत एकता हुने सम्भावना रहेको बताए । तर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विजय गच्छदार नेतृत्वको मोर्चासँग कार्यगत एकताका विषयमा विमति राख्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.