हुलाकी न्यूज, काठमाडौं ।
नेपालको पहिलो सामुदायिक समाचार अनलाइन तथा मधेशको पहिलो राष्ट्रिय अनलाइन पत्रिका हुलाकी न्यूज डटकम नेपालमा दर्ता हुने पहिलो अनलाइन (इन्टरनेट न्यूज पोर्टल) बनेको छ ।

२०७१ साउन ३० गते शुक्रबारबाट सञ्चालनमा आएको हुलाकी न्यूज डटकमले एक वर्ष पुरा गरेलगतै २०७२ भदौ २ गते बुधबार साँझबाट नेपाल सरकारले बन्द गराएको थियो ।

मधेश आन्दोलनको क्रममा सप्तरीको भारदहमा मधेशी प्रहरीहरुले मधेशीमाथि गोली चलाउन नमान्दा तीन जना प्रहरीलाई यातना दिइएको समाचार हुलाकी न्यूजले ब्रेक गरेपछि नेपाल सरकार सुरक्षा परिषद्को बैठकबाट नेपाल दुरसञ्चार प्राधिकरणमार्फत हुलाकी न्यूजलाई बन्द गराएको थियो । नेपाल प्रहरीले हुलाकी न्यूजका सम्पादक बीपी साहमाथि पक्राउ पुर्जी जारी गरेको थियो । करिब २२ दिन पछि अदालती प्रक्रियामा जान लाग्दा सरकार विवस भएर हुलाकी न्यूजलाई खुल्ला गरेको थियो ।

हालै २०७३ माघ २५ गते प्रेस काउन्सिल, नेपालले हुलाकी न्यूजलाई स्पष्टिकरण सोधेको छ । हुलाकी न्यूज सम्बन्धी मुद्दा प्रेस काउन्सिलमा विचाराधिन रहेको छ ।

नेपालमा यसअघि अनलाईनलाई प्रेस काउन्सिलले सुचिकृत गर्दै आएको थियो । सोमबारबाट विधिवत रुपमा सुचना विभागले अनलाइनलाई दर्ता गर्न थालेको छ । सुचना विभागले एक नम्बरमा हुलाकी न्यूजलाई दर्ता गरेको छ ।

यता अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका २०७३ को विरोध पनि जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.