कपिलवस्तु, २० चैत । बलात्कारको आरोप लागेका एक व्यक्तिको हिरासतमा मृत्यु भएको छ । कपिलवस्तुमा एक व्यक्ति प्रहरी हिरासतमा नै मृत अवस्थामा भेटिएका हुन् ।

छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका वाणगंगा नगरपालिकाका अभियुक्तले इलाका प्रहरी कार्यालय पिपराको शौचालयमा आत्महत्या गरेका हुन् ।

शौचालयको भेन्टिलेटरमा गएराति तन्ना बेरेर आत्महत्या गरेको प्रहरी निरीक्षक आयुशप्रसाद जोशीले बताए । घटनाको थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.