हुलाकी न्यूजएजेन्सी । हलिउड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी ठहर भएका छन् । म्यानहटन अदालतले गरेको फैसलापछि वाइन्सटिन केही बेर स्तब्ध बनेका थिए ।

‘मिटू’ अर्थात् ‘म पनि पीडित’ भनिने अभियान अन्तर्गत हलिउडका चर्चित अभिनेत्री एन्जेलिना जोली, ग्विनीथ पेल्ट्रो र रोज म्याकगोवानसहित ८० जनाले वाइन्स्टिनमाथि यौन दुव्र्यवहारको आरोप लगाएका थिए । अदालतको यो फैसलासँगै पीडितहरूले न्याय पाएको बताइएको छ ।

६७ वर्षीय वाइन्सटिनलाई अदालतले थर्ड डिग्री बलात्कार (सहमति जनाउन नसक्ने अवस्था वा १७ वर्ष भन्दा कम उमेरका वा सहमति दिन नसक्नु ) र फस्र्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको छ । तर, वाइन्सटिनमाथि लागेको सबैभन्दा गम्भीर मुद्दामा भने उनले सफाइ पाएका छन् ।

वाइन्सटिनले २५ वर्ष सम्मको जेल सजाय पाउन सक्ने बताइएको छ । चलचित्र जगतका बादशाह भनिने वाइन्सटिनले यसअघि आफूविरुद्धका आरोपहरू अस्वीकार गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.