हजरत सैयदको मेला उद्घाटनपछि डा.राउत सहिद यादवको परिवारलाई भेट्ने

हुलाकी न्यूज, नेपालगंज : जनमत पार्टीका अध्यक्ष डा.सीके राउत आइतबार हजरत सैयद शाह बाबा मेलाको उद्घाटन गर्ने भएका छन्।

आइतबार विहान नेपालगंज पुगेपछि डा.राउत मेलाको उद्घाटनसँगै स्वराज आन्दोलनका प्रथम सहिद राम मनोहर यादवको परिवारलाई भेट्ने छन्।

विहान ९ बजे नेपालगंज एयरपोर्टबाट कपासी गाउँसम्म मोटरसाईकल रैलीसहित डा.राउत पुग्ने जनमत पार्टीका नेता इरफान शेखले जनाएका छन्।

बाँके जिल्लाको पिपरहवा चौक नजिक कपासी गाउँमा मेलाको आयोजना गरिएको छ। मेला उद्घाटन र सहिद यादवको परिवारसँगको भेटघाटपछि डा.राउत आइतबार नै फर्किने कार्यक्रम रहेको जनमत पार्टीले जनाएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.