स्व.राम मनोहर यादवसँगै पक्राउ परेकाहरु साधारण तारेखमा रिहा

हुलाकी न्यूज, गुलरिया (बर्दिया) : प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवसँगै पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका तीन जना नेताहरु साधारण तारेखमा रिहा भएका छन्।

भदौ ७ गते उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत बर्दियाले साधारण तारेखमा रिहा गरेको हो।

प्रहरीले राज्य विरुद्धको अपराधमा मुद्दा दायर गरेका ईर्फान शेष, राजितराम वर्मा र हरपाल सिँहलाई अदालतले रिहा गरेको हो।

दुई पटक म्याद थप गरिएका उनीहरुको रिहाईको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट पनि दायर गरिए थियो। उच्च अदालत तुलसीपुरको नेपालगंज बेन्चले खारेज गरेको थियो।

तर सोमबार जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको गठबन्धनका प्रवक्ता अब्दुल खानले हुलाकी न्यूजलाई बताए।

यता स्व. राम मनोहर यादवको पोस्टमार्टम अहिलेसम्म हुन सकेको छैन। प्रहरीले जाहेरी पनि दर्ता गरेको छैन। जाहेरी दर्ता र क्षतिपुर्तिको माग गर्दै काठमाडौंसहित विभिन्न जिल्लामा प्रर्दशन हुँदै आएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.