हुलाकी न्यूजः प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा सातजनाको ज्यान गएको छ । वडा नम्बर ३ रुमालेलमा दुर्घटना भएको हो ।

लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै सातै जनाको ज्यान गएको प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए।

उनका अनुसार उनीहरु सबै बाटो बनाउन खटिएका मजदूर हुन्। भिङ्गृ-स्वर्गद्वारी सडक खण्डको स्तरोन्नत्तीका लागि खटिएका ती मजदूर सबै रोल्पा रुम्टीगढीका हुन्।

अहिले हुस्सु लागिरहेका कारण उद्धारमा कठिनाइ भएको उनले बताए। उनीहरुका कसैको पनि पहिचान खुल्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.