स्वराज आन्दोलनका प्रथम सहिद ‘रामनोहर’को श्रद्धान्जली सभा हुँदै

हुलाकी न्यूज काठमाडौँ : मधेश स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको श्रद्धाञ्जली सभा काठमाडौंसहित मधेशका विभिन्न जिल्लामा हुने भएको छ।

गत वर्ष भदौ १५ गते प्रहरी हिरासतमा मारिएका यादवको सम्झनामा आइतबार जनमत पार्टीले विभिन्न कार्यक्रम गर्दैछ।

काठमाडौँको माइतीघर मण्डलामा पार्टीले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

यसै गरी, मधेशका सबै जिल्ला सदरमुकामहरूमा श्रद्धाञ्जली सभा राखिएको छ भने मुख्य मुख्य सहरमा अन्तरक्रिया कार्यक्रमसमेत राखिएको जनमत पार्टीका नेता चन्दन सिंहले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.