स्वतन्त्र मधेश गठबन्धनका नेता–कार्यकर्ताहरुको मुद्दा फिर्ता प्रक्रिया सुरु

हुलाकी न्यूज, काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता प्रक्रिया सुरु भएको छ।

गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमति अनुसार मुद्दा फिर्ता प्रक्रिया सुरु भएको नेता चन्दन सिंहले बताएका छन्।

नवगठित जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसहित उनका ३ सयभन्दा बढी कार्यकर्तामाथि मुद्दा रहेको छ।

बुधबार गठबन्धनका तर्फबाट बुझाइएको लिष्टमा ३ सय ५० जनाभन्दा बढी नेता कार्यकर्ताहरुको नाम रहेको छ। जनमत पार्टीका तर्फबाट नेता सिंहले मुद्दा लागेका नेता तथा कार्यकर्ताहरुले सुची गृहमन्त्रालयका सविच प्रेमकुमार राईलाई बुझाएका छन्।

गठबन्धनका तर्फबाट सुची बुझ्ने क्रममा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले जिल्ला प्रशासन र प्रहरीबाट आएका तथ्यांकहरुलाई मिलाएर केही दिनभित्रै सबै मुद्दा फिर्ता हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.