स्वतन्त्र मधेशका नेताहरु गैरन्यायिक हिरासत विरुद्ध लड्ने

हुलाकी न्यूज, नेपालगंज । सरकारले गैरन्यायिक रुपमा एउटै व्यक्तिलाई बारम्बार पक्राउ गरी यातना दिने गरेको भन्दै स्वतन्त्र मधेश गठबन्धनका नेताहरु गैरन्यायिक हिरासतका विरुद्ध लड्ने भएका छन् ।

स्वतन्त्र मधेश गठबन्धन बाँकेका संयोजक इरफान शेषले हुलाकी न्यूजसँग कुराकानी गर्दै भने,‘एकै प्रकृतिको विषयमा एउटै व्यक्तिलाई पटक पटक गैरन्यायिक हिरासतमा राख्ने गरेको छ । त्यसका विरुद्ध हामी लड्ने छौं । न्यायका लागि हामी अदालतलाई घचघच्याउने छौं ।’

केही दिनअघि भैरहवाबाट रिहा भएका शेखसहितलाई बाँके प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरी हिरासतमा राखी केही दिन यातनासमेत दिएको थियो ।

शेखसहित चार जना गठबन्धनका कार्यकर्ताहरुलाई मंगलबार रिहा गरिएको छ ।

उच्च अदालत तुलसीपुरको नेपालगंज बेन्चले हिरासतबाट मुक्त गरी प्रक्रिया अगाडि बढाउन १९ गते बाँके प्रशासनलाई आदेश दिएको थियो । उक्त आदेशका आधारमा मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेले बयान गरी जनही ३ हजार धरौटीमा उनीहरुलाई रिहा गरेको छ ।

रिहा हुनेहरुमा इरफान शेष, हरपाल सिंह, राम मनोहर यादव र प्रदिप कुमार गडाडिया रहेका छन् ।

त्यस्तै, बुधबार गठबन्धनका केन्द्रीय प्रवक्ता अब्दुल खानको बयान हुने जनाइएको छ । उनी पनि बुधबार नै हिरासत मुक्त हुन सक्ने गठबन्धनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.