स्वतन्त्र मधेशका कार्यकर्ताहरु आर्थिक संकट हटाउन उपवास बस्दै

1364

हुलाकी न्युज, जनकपुरधाम | आर्थिक संकटबाट गुज्रिरहेको स्वतन्त्र गठबन्धनका कार्यकर्ताहरुले महिनामा एक दिन उपवास बस्ने भएका छन् | गठबन्धनले आर्थिक संकटबाट छुटकारा पाउनका लागि उपवास कार्यक्रम ल्याइएको जनाएको छ |

यसैगरि स्वतन्त्र मधेश गठबन्धन सिरहाले हरेक महिनामा एक दिन उपवास बस्ने निर्णय गरेको छ |उनीहरुमाथि आर्थिक समस्या सबभन्दा बढी कठिनाइको रुपमा अगाडी आएको कार्यकर्ताहरुले बताएका छन् |

एक जना कार्यकर्ताले हुलाकी न्युजसंग भने, “ धरौटी दिनको लागी समस्या छदैछ | हजार दुई हजार पर्चा छाप्न जस्तो छोटो छोटो कामको लागि पनि सधै पैसाको समस्या रहेकै छ | यसको समाधान गर्नको लागि सिरहाको स्वराजीले महिनामा एक दिन उपवास बस्ने र त्यस बापत एक सय रुपैया हरेक महिना जम्मा गर्ने र संगठन बढाउन निर्णय गरेको छ |”

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here