हुलाकी न्यूज, जनकपुरधाम :
लकडाउनमा बढेको विभिन्न विकृतीहरुको विरुद्ध जनकपुरधामका युवाहरुले प्रदर्शन गरेका छन्।

लकडाउनमा भोकले सर्वसाधारण मरेको, महिला हिंसा बढेको, भ्रष्टाचार बढेकोलगायतको विषय उठाउँदै युवाहरुले जनकपुरधामको जनक चौकमा प्रदर्शन गरेका छन्।

कायापलट, ओरेक नेपाल, मोर्डन मिथिला, एम्नेष्टी इन्टरनेशललगायतमा आवद्ध तथा स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी कैयुम राइनका अनुसार पछिल्लो समय विभिन्न विकृतिहरु बढ्दै गएपछि त्यस विरुद्ध शान्तिपूर्ण रुपमा प्रदर्शन गरिएको छ। संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार पनि जनताको सुरक्षाभन्दा भ्रष्टाचारमा लागेकोले प्रदर्शन गर्नु परेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.