सेवाप्रदायक र सेवाग्राही बीच अन्तरक्रिया

135

हुलाकी न्यूज, जनकपुरधाम । इन्सेकले संचालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रमअन्तर्गत बिहीबार जनकपुरमा सेवाप्रदायक र सेवाग्राहीबीच जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मानवअधिकार निगरानी समुह धनुषाकी सचिव उर्मिला यादवको अध्यक्षतामा सेवाप्रदायक निकायका अधिकारीहरु र शान्तिपुर तथा बटेश्वर गाउँका सेवाग्राही, स्थानीय संघ संस्था र पत्रकारहरुको उपस्थितिमा अन्तरक्रिया सम्पन्न भएको छ ।

सो अन्तरक्रियामा शिक्षा, स्वास्थ्य र खाद्यन्नको अधिकारको सवालमा गम्भीर बहस तथा छलफल भएको हो ।

शान्तिपुर र बटेश्वर गाउँमा पाँच महिनादेखि शिक्षा, स्वास्थ्य र खाद्यन्नको अधिकारको लागि गाउँ स्तरीय मानवअधिकार निगरानी समुह, युवा समुह, बालअधिकार चेतना समुह र जिल्ला स्तरीय मानवअधिकार निगरानी समुहको गठन गरि बहस तथा पैरवी गरिदै आएको छ ।

जनतालाई सचेत बनाउदै सम्बन्धित सरोकारवालालाई जिम्मेवार बनाउनको लागि सेवाप्रदायक निकायका अधिकारी र सेवाग्राहीबीच छलफल तथा अन्तरक्रिया गरि पहिचान गरिएका समस्याहरुको समाधानको निम्ती सेवाप्रदायक निकायका अधिकारीहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

जिल्ला शिक्षा कार्यालयका विनि राजदेव यादवले शिक्षाको सवालमा रहेका समस्याहरुलाई शिक्षक, अभिभावक र विद्यार्थी समेत सचेत हुनु पर्ने बताएका छन् ।

गुणस्तरीयहिन शिक्षा, नैतिकहिन शिक्षक र बालमैत्रि वातावरणको अभाव लगायतका समस्याहरुलाई समाधानको लागि समुदाय सचेत हुनु पर्ने बताए । गुणस्तरीयता बढाउनको लागि सवै पक्ष जिम्मेवारी लिनु पर्ने तथा नितिगत कुरामा जिल्ला शिक्षा कार्यालय पहल लिनु पर्ने जोड दिए ।

विद्यालयहरुमा दलित, जेहेन्दार, महिला, अपाङग को छात्रवृति लगायतको विषयमा कुनै पनि वहानामा विद्यालयले अनियमिता गर्न नमिल्ने र विद्यालयले दिने सेवा सुविधाको वारेमा नागरिक वडा पत्रको राखि सेवाग्राहीलाई सुचित गराउनु पर्ने बताए ।

सन् २०१५ सम्म नेपालका सवै नागरिक साक्षर भएको बताए पनि हालसम्म सवै साक्षर हुन नसकेको प्रति जिल्ला शिक्षा कार्यालयको कमजोरी रहेको स्वीकार गरे ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्र कुमार रायले स्वास्थ्य चौकीमा ३९ प्रकार औषधी, प्राथमिक स्वास्थ्य चौकीमा ७२ प्रकारका औषधीहरु निस्शुल्क वितरण गरिएको बताए पनि हाल धनुषा जिल्लाको स्वास्थ्य चौकीहरुमा औषधीको अभाव रहेको जनगुनासोलाई छिटै समाधान गरिने प्रतिवद्धता जनाए ।

स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य चौकीले प्रदान गरिरहेको सेवा सुविधाको वारेमा जनतालाई सुचना दिनको लागि नागरिक वडा पत्रको व्यवस्था गरिनु पर्नेमा सहमत भए । बर्थिङ सेन्टरको लागि जग्गा र भवन भए तुरुन्त बर्थिङ सेन्टरहरु संचालन गरि बताए ।

जिल्ला कृषि विकास कार्यालयका अधिकृत देवनारायण रजकले कार्यालयले प्रदान गरेका सेवा सुविधाको वारेका सेवाग्राहीले हालसम्म बुझ्न् नसकेको कुरा महसुश गरे । प्रत्येक गाउँमा कृषि प्राविधिक पठाउने सरकारको तयारी रहे पनि हालसम्म हामी सवै गाउँमा कृषिप्राविधिक पठाउन नसकेको हुदाँ अव छिटै गाउँमा सेवा केन्द्र र प्रत्येक गाउँमा कृषि प्राविधिक पठाउने तयारीमा कार्यालय रहेको बताए ।

कृषकहरुले उत्सुकता देखाए अहिले धेरै लाभ लिन सकिने पनि उनले बताए । विउ विजन, मल, खाद्य व्यक्ति र समुहलाई समेत उपलब्ध गराउने गरेको उनले बताए । कृषकहरुलाई कृषि औजार र कृषि तालिमको लागि पहल गरिने बताए ।

जिल्ला पशु सेवा कार्यालयका अधिकृत रामपुकार ठाकुरले जिल्लाका ३० वटा गाविसमा पशु स्वास्थ्यकर्मी पठाएको बताए पनि गाउँसम्म नपुगेको जनगुनासोलाई अविलम्ब कार्यान्वयन गरिने बताए । कृषकहरुको लागि तालिमको व्यवस्थाहरु रहे पनि कृषकहरु सम्पर्कमा नआउने गरेको बताए ।

परिवारीक रुपमा फर्म दर्ता गरि केही मान्छे मात्र फाइदा लिएकोले सवै कृषकहरुले यसमा ध्यान दिनु पर्ने तर्क राखे । पशु स्वास्थ्यकर्मीहरुले गाउँ गाउँमा कृषकको पशुहरुको कृतिम गर्वधारण गराउन जाने गरेको बताए । मानवअधिकार निगरानी समुहका अध्यक्ष राममणी कुश्वाहाले कृषकहरुको समुह समुहमा पशु सेवा सम्बन्धि अभिमुखिकरण गर्न पशु सेवा कार्यालयसँग माग गरे ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here