धनगढी, २६ चैत । नेपालमा सबभन्दा बढी कोरोना संक्रमित देखिएको सुदूरपश्चिमा बृहत् रूपमा नमूना परीक्षणको तयारी गरिएको छ ।

एकै पटक धेरैको नमूनाको परीक्षण गर्न मिल्ने आर–टीपीसीआर मसिन बुधबार धनगढी पु¥याइएको छ । नेपाली सेनाको स्काईट्रकमार्फत मेसिन ल्याइएको छ ।

कृषि तथा पशुपंछी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय पशुपंछी रोग अन्वेषण प्रयोगशालामा रहेको मेसिन धनगढी ल्याइएको हो । मेसिनले तीन घण्टामा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमता राख्छ ।

मेसिनलाई पशुपंछी रोग अन्वेशण प्रयोगशाला धनगढीमा जडान गरी नमूना परीक्षण सुरु गरिने भएको छ । यसैबीच सोही स्काईट्रकमार्फत १ सय ४० जनाको नमूना पनि परीक्षणका लागि काठमाडौं लगिएको छ । सुदूरपश्चिममा संक्रमितको संख्या बढ्न थालेको भन्दै सरकारले मंगलबारदेखि ¥यापिड टेस्ट पनि गरिरहेको छ ।

हालसंक्रमित रहेका ८ जनामध्ये ४ जनाको धनगढीमा उपचार भइरहेको छ । संक्रमणको जोखिम उच्च भएका जिल्लाहरू कैलाली, कञ्चनपुर, ¥यापीड डायगोनिस्टिक टेस्ट मार्फत परीक्षण सुरु गरिएको हो ।

जुम्ला र अछाममा पनि परीक्षणका लागि स्वाब लिने काम भइरहेको छ । यस क्षेत्रमा संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केश भेटिएकाले पनि ¥यापिड टेष्टको आवश्यकता महसुस गरिएको हो ।

शनिबार कैलाली र कञ्चनपुरको क्वारेन्टाइनमा बसेका ३४ वर्षीया महिला, २१ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । योसंगै संक्रमितको कुल संख्या ९ पुगेको हो ।

जसमध्ये एक जना निको भएर फर्किसकेका छन् । हाल उपचार गराइरहेका संक्रमितमध्ये २ जना टेकु, २ जना बागलुङस्थित अस्पतालमा र ४ जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा छन् ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रायलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.