जनकपुरधाम । समाजवादी पार्टीकी नेतृ करिमा बेगमले सीमावर्ती क्षेत्रका जनतालाई प्रहरीहरूले दुःख दिने गरेको आरोप लगाएकी छिन् ।

प्रदेश नम्बर २ प्रदेशसभाको आइतबारको बैठकमा नेतृ बेगमले विपन्न वर्गका व्यक्तिहरू आफ्नो जिविकोपार्जनका लागि वीरगञ्ज–रक्सौल नाकाबाट दुई–चार किलो सामान ल्याउँदासमेत सुरक्षाकर्मीहरूले दुःख दिने गरेको आरोप लगाएकी हुन् । उनले सामान ल्याएको बहानामा

प्रहरीहरूले महिलाहरूमाथि दुव्र्यवहार र लछारपछार गर्दै आएको पनि आरोप लगाएकी छिन् । उनले नाकामा प्रहरीहरूले महिलाहरूलाई दौडाउँदै लछारपछार गरेको आफैैंले देखेकोसमेत बताइन् ।

नेतृ बेगमले कि त गरिबका लागि आय आर्जनको व्यवस्था गर्नुप¥यो होइन भने दुई चार किलो सामान ल्याउन दिनुपर्ने जिकिर गरिन् । ब

ैठकमा बेगमले वीरगञ्जको सिर्सिया र अलौंमा ड्राइपोर्टका कारण ६२ विगहा जमिनको किनबेच रोक्का गरिएको र त्यसक्षेत्रका स्थानीयबासीले मुआब्जा नपाएको पनि गुनासो गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.