सीके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश


हुलाकी न्यूज
काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिइएको छ।

बन्दीप्रत्यक्षी करण सम्बन्धी रिटमा सर्वोच्चका न्यायाधीश मीरा खड्काको एकल इजलासले डा.राउतलाई उपस्थित गराउन आदेश दिएको छ।

पाँच दिनभित्र लिखित जवाफसहित डा.राउतलाई उपस्थित गराउन गृहमन्त्रालयसमेतलाई सर्वोच्चले आदेश दिएको छ।
एउटै मुद्दामा पटक पटक डा.राउतलाई पक्राउ गरी परिवारसमेतलाई मानसिक यातना दिएको भन्दै राउत पक्षले सर्वोच्चमा रिट दायर गरेको हो।

एउटै मुद्दामा पटक पटक पक्राउ गरिनु र सोही मुद्दामा तारिख लिइरहेका व्यक्तिलाई पक्राउ गर्नु कानून विपरीत भएको अधिवक्ताहरुले जिकिर गरेका छन्।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.