Harpal_singh
Harpal Singh

हुलाकी न्यूज, काठमाडौं ६ बैशाख । एक महिनाको प्रहरी हिरासत पछि आइतबार स्वतन्त्र मधेश गठबन्धनका चार जना कार्यकर्ताहरु धरौटीमा रिहा भएका छन् ।

जनही २० हजारको दरले धरौटी राख्दै विशेष अदालत काठमाडौंले उनीहरुलाई रिहा गरेको हो ।

रिहा हुनेहरुमा गठबन्धनका केन्द्रीय प्रवक्ता अब्दुल खान, बाँके संयोजक हरपाल सिंह, बाँके समानान्तर संयोजक राममनोहर यादव र नेता इरफान अहमद शेख रहेका छन् ।

रिहा भएपछि हिरासत भित्रको यातनाबारे हुलाकी न्यूजसँग कुराकानी गर्दै हरपाल सिंहले भने,‘चैत्र ६ गते हामी पक्राउ परेपछि हामीलाई प्रहरी हिरासत भित्र निकै धम्की दिइयो । बाँकेका एसपी टेकबहादुरले सीके राउतका कार्यकर्ताहरुलाई छातिमा गोली हान्नु पर्छ भन्दै धम्काए । बोर्डरमा लगेर गोली ठोक्छौं भन्दै यातना दिए ।’

सिंह भन्छन्,‘म शिख धर्ममान्ने भएकोले पनि मलाई धेरै भेदभाव गरियो । तँ पंजाबी, तँ धोती, तँलाई खालिस्तान पठाई दिन्छु भन्दै बारम्बार गाली गरे । एसपी साहवले स्वयम् मलाई खालिस्तान पठाइ दिने धम्की दिए ।’

बाँकेबाट काठमाडौं ल्याउँदा चितवनको जिल्ला प्रहरी कार्यालयमा पनि दुव्र्यवहार भएको सिंहले गुनासो गरे । उनले भने,‘हामीलाई काठमाडौं ल्याउने क्रममा सबभन्दा बढी दुव्र्यवहार चितवनमा भयो । एक रात त्यहाँ राखेको थियो । त्यहाँका प्रहरीहरुले अमानवीय व्यवहार गरे । त्यसबारे हामीले अहिले खुलाउन चाहन्नौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.