सिरहामा भीषण आगलागी, ५० घर जल्यो


हुलाकी न्यूज, सिरहा ।
सिरहाको सखुवा ननरकट्टी–८ मा भएको आगलागीमा ५० भन्दा बढी घरगोठ जलेर नष्ट भएका छन् । दलित बस्तीमा सोमबार साँझ भीषण आगलागी भएको छ ।

करिब ६ बजे स्थानीय हरिखंग मण्डलको घरमा रहेको परासलको कुन्युबाट आगो सल्किएको थियो । खरानी आँगनमा राखी मण्डल परिवार खेतमा गएको बेला कुन्युमा सल्किएको आगोले ५० बढी घर नष्ट भएको हो भने दर्जनौं चौपाया मरेका छन् ।

आगलागीबाट झण्डै डेढ करोडको क्षति भएको प्रहरीले जनाएको छ । साँझ साढे ६ बजेबाट सलिकएको आगोले बस्ती नै जलाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here